
परासी, ३० साउन । पश्चिम नवलपरासीको भूमही भैरहवा सडक खण्ड अन्तरगत रामग्राम ११ रानीपाकडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गएराती रानीपाकड स्थित हुलास मैदा उद्योग अगाडि रोकी राखेको ना ५ ख ९१५५ नम्बरको ट्रकका चालक ३० वर्षिय जितेन्द्र थारुलाई विपरित दिशाबाट आईरहेको बसले ठक्कर दिदा मृत्यु भएको हो । गम्भीर घाईते भएका पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस को नम्बर पहिचान भएको छैन भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए । रामग्राम १६ पजरकट्टी निवासी चालकको मृत्यु भएपछि स्थानीयले भूमही परासी सडक खण्ड अवरुद्ध पारेका छन् । विहान दश बजेदेखि नै सो सडक खण्ड अवरुद्ध रहेको छ । खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया