१ कार्तिक २०८३, शनिबार

मिस नेपाल युएसएमा १८ प्रतियोगी भिड्दै, १९ अगस्टमा हुँदैछ फाईनल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डलास (टेक्सस) । ‘मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएका छन् । बिभिन्न चराणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन् ।

१९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीतहरुले अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् ।

अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगीताका लागि छानिएका प्रतियोगी हुन् ।

‘मिस नेपाल युएसए’ आफ्नो लागि अवसर र चुनौती दुबै भएको प्रतियोगीले बताएका छन् । प्रतियोगितामा सहभागी अधिकाम्स प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन् ।

इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले लिएको छ ।