३ कार्तिक २०८३, मंगलबार

चार विधेयक स्वीकृत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । राष्ट्रियसभाको मंगलबारको बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ लाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेका ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, र ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई पनि स्वीकृत गरेको छ ।

ती विधेयकमाथि सांसद रामनारायण विडारी, राधेश्याम अधिकारी, जीवन बुढा, प्रकाश पन्थ, विमला राई पौडेल, जितेन्द्रनारायण देव लगायतले आ आफ्नो धारणा राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते बिहीबार बिहान ११ बजे बस्नेछ । -रासस