२१ कार्तिक २०८३, शनिबार

दुई वटा मोटरसाईकलमा तोडफोड

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सल्यान, २९ साउन । सल्यानमा मंगलबार दुई वटा मोटरसाईकलमा तोडफोड भएको छ ।

जिल्लाको लुहाम बाट श्रीनगर तर्फ आउदै गर्दा छत्रेश्वरी गाउँपालिका –६ कल्लेखोला नजिकै चार जना को समूहमा आएका अपरिचित व्यक्तीले मोटर साईकल रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको दुईवटा मोटरसाईकलमा सामान्य तोडफोड भएको र दुबै मोटरसाईकल अहिले प्रहरी नियन्त्रणमा रहेको लुहाम प्रहरीले जनाएको हो ।

सल्यानको श्रीनगरमा मोटर ग्यारेजमा काम गर्दै आएका ३० वर्षीय मन प्रसाद रोका र श्रीनगरमा अस्थाई बसोबास गर्दै आएका १८ वर्षीय नवीन गिरीको मोटर साईकलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

बन्दको समयमा मोटरसाईकल चलाएको भनी विप्लव समूहका कार्यकर्ताले मोटरसाईकल तोडफोड गरेको हुन सक्ने प्रहरीको अनुमान छ । तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।