२१ कार्तिक २०८३, शनिबार

दुई ट्रकमा आगलागी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २९ साउन । पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा मंगलबार आगलागी भएको छ ।

भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो । -रासस