३ कार्तिक २०८३, मंगलबार

नेपाली टोलीले आज जापानको सामना गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । इन्डोनेसियामा जारी एसियाड फुटबल अन्तर्गत नेपालले मंगलबार जापानसँग सामना गर्दैछ । नेपाली यु-२३ र जापानको-२१ टोली आज सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:४५ बाट सुरु हुँदैछ ।

यसअघि नेपालले थाइल्याण्डमा दुई अभ्यास खेलेको थियो । जसमा नेपालले दुवै खेल गुमाएको थियो । एसियन गेम औपचारिक रुपमा शनिबारबाट सुरु हुने भएपनि फुटबल भने चाँडै सुरु भएको हो ।

आज नेपाली टोली कम्तीमा बराबरी गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । यसअघि जापानी टोलीविरुद्ध नेपालको नतिजा सन्तोषजनक छैन । टीममा तीन जना सिनियर खेलाडी रहेका छन् ।