३ कार्तिक २०८३, मंगलबार

‘स्वेटरमा समेत इस्त्री लगाउने’ पत्रकारका नेता !

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । कहिलेकाहीँ समाचार, त्यसका विषय, पत्रकारिताभित्रको रस, यसभित्रको बहस र विवादलाई नजरअन्दाज नगरी उनी सोच्छन्,‘तिमी म्यानुपुलेट गर्ने व्यक्ति हौ ! मलाई मेरै बारेमा यसरी सोच्न मन लाग्छ, किनभने म पत्रकार हुँ ।’

ध्रुव लम्साल, धादिङ घर । बसाई बानेश्वर । पेसा पत्रकारिता । बर्षा र हिउँदमा उनका आफ्नै लय छन् । गाउसँग अगाध प्रेम छ । सहरसँग ‘अवाक’ छन् । असारतिर झरी परेपछि कार्यालयमा विदाको फर्म भर्छन् र धान रोप्न गाउँतिर लाग्छन् । उनको विदा यसै स्वीकृत हुन्छ । नभए पनि वास्ता गर्दैनन् । लम्साललाई मुलधारका प्रायः मिडियामा कार्यरतले चिन्छन् । नेपाल पत्रकार महासंघसँग आवद्धहरूले राम्रो ठम्याउँछन् ।

लम्सालका विषयमा पत्रकारिता क्षेत्रमा ‘उडन्ते’ चर्चा भइरन्छ । उनले जतिलाई सरल हिसाबले उडाउँछन् उनलाई पनि अरुले उडाउँछन् । ‘एकबारको जुनीमा हाँसेरै दिन बिताउने हो, कोहीसँग किन रिसराग राख्नु छ र !’, उनी भन्छन् ।

‘एउटा महानगर बेच्दा ४० पैसा आउथ्यो । साप्ताहिक पत्रिका बिक्री गर्दा ८० पैसा । मनमोहन अधिकारी प्रधानमन्त्री भएको भोलीपल्ट दृष्टी १ बजेसम्म छापेको थियो । हामी बिक्री सकेर फेरि इन्द्रेणी अफसेटमा पत्रिका लिन पुग्थ्यौं’

उनीमाथि धेरै प्रकारका ‘किस्सा’ छन् । मोटरसाइलक समेत हाँक्न जान्दैनन् । कार्यालयबाट पैदलमा एक घन्टामा पुग्ने ठाउँ भए मोटर चढ्दैनन् । जेठमा पनि कोट छाड्दैनन् । नयाँ किनेर ल्याएपछि श्रीमतिलाई ‘साथीको उपहार’ भनेर ढाँट्छन् । उनीमाथि एउटा किस्सा नै छ– स्वेटरमा समेत आईरन लगाउँछन् ।

वास्तवमा उनी ‘टिपटप’ भएरै हिँड्ने गर्छन् । पत्रकारितामा दुई दशक पुराउन लागेका लम्सालले तीन बर्ष हक्करको काम गरे । ‘धादिङबाट आएपछि पत्रिका बेचियो’, आफूले बेचेका पत्रिकाका नाम खरर्र भने,‘माहनगर, कान्तिपुर, दृष्टि, विमर्श बेच्थे कराउँदै बेच्थें ।’

०५१ देखि ०५४ सम्म पत्रिका बेचे । सम्झन्छन्,‘भुगोल पार्कमा कान्तिपुरको बिक्रेता पाण्डे न्युज एजेन्सी थियो । अरु साप्ताहिक पत्रिका पनि त्यहीँ पाईन्थ्यो ।’

सबै पत्रिका किनेपछि गोश्वारा हुलाक चोकबाट साझा बस छुट्थ्यो । त्यहाँ बेचेपछि उनी वानेश्वर चोकमा पुग्थे । भन्छन्,‘म सँगै बानेश्वर चोकमा पत्रिका बेच्ने अहिले पनि छन् । अहिले पत्रिका बेच्छन् । पेप्सीकोलामा ३ तलाको घर बनाए ।’

महानगर भन्ने पत्रिका उनी भिमसेनथान कार्यालयबाट लिएर बानेश्वरसम्म पुग्थे । भन्छन्,‘एउटा महानगर बेच्दा ४० पैसा आउथ्यो । साप्ताहिक पत्रिका बिक्री गर्दा ८० पैसा । मनमोहन अधिकारी प्रधानमन्त्री भएको भोलीपल्ट दृष्टी १ बजेसम्म छापेको थियो । हामी बिक्री सकेर फेरि इन्द्रेणी अफसेटमा पत्रिका लिन पुग्थ्यौं ।’

पत्रकारिताका असहजतालाई पनि ख्याल गरेका उनी सुरुका दिनमा राजधानी दैनिकमा काम गर्दा गाडी चढेनन् । झन्डै तीन चार महिना नै उनी चाबहिलमा रहेको कार्यालय पैदल जान्थे । कारण, पत्रिका आर्थिक संकटको बेला परेको थियो । ‘३–४ महिना भएको थियो तलब नपाएको । हिँड्दै जान्थे । एक दिन फ्याट्टै तलब आयो । टेम्पू चढेर अफिस गएको वाक्क गरें ।’

बानेश्वरबाट गौशाला नपुग्दै उनले ‘वाक’ गरेछन् ।

गएको मध्य असारमा धादिङमा रहेको जमिनमा धान रोप्नका लागि हलो जोत्दै लम्साल ।

उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित भए । धेरैले कागतालीमा जितेको भन्छन् । उनलाई पनि यदाकदा त्यस्तै नै लाग्छ । तत्कालीन प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलमा एशोसिएट सचिवको भाग चौतारीमा थियो । उनी चौतारीको उम्मेदवार भए 

जीवनमा धेरै किस्सा भए पनि उनी पेशामा इमान्दार र कर्तव्यनिष्ठ छन् । त्यसैले लोभ गर्दैनन् । भन्छन्,‘मलाई थाहा छ कात्रोमा गोजी हुँदैन, आखिर जाने बेलामा त्यहाँ पैसा र धनसम्पत्ती दौलत बोकेर जाने होइन ।

पत्रकारिताको सुरुआती चरणमा दुख गर्दै जाँदा लोकतन्त्रपछि भने उनको मिडिया चहार्ने कारण छन् । उतिबेला राजधानी दैनिकमा ७ हजारको जागीर खान्थे, कृष्णज्वाला देवकोटाले ८ हजार तलब दिन्छु भनेपछि नयाँ पत्रिका दैनिक गए । ३ वर्ष काम गरे १२ हजार तलब थियो । फेरि, राजधानीले १८ हजार पाँचसय दिए पछि फर्किए । अहिले पनि राजधानीमै जागिरे छन् ।

उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित भए । धेरैले कागतालीमा जितेको भन्छन् । उनलाई पनि यदाकदा त्यस्तै नै लाग्छ । तत्कालीन प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलमा एशोसिएट सचिवको भाग चौतारीमा थियो । उनी चौतारीको उम्मेदवार भए ।

‘चौतारीले एसोसीएटको सचिव उम्मेदवार खोजेको रहेछ, थाहा पाएँ । तत्कालिन चौतारी अध्यक्ष राजेन्द्र अर्याललाई भेटें । चौतारीको सदस्य उतिबेलै भएँ’, उनी भन्छन्,‘उम्मेदवारी पनि मैले पाइहालें । जित्ने नजित्ने थाहा थिएन ।’

नभन्दै दुईटा संगठनको गठजोडका उम्मेदवार लम्साल सर्बाधिक मत ल्याएर सचिवमा निर्वाचित भए । पत्रकार महासंघले उनलाई श्रमजीवि हित प्रबद्र्धन समितिको संयोजक बनायो ।

उनले महासंघमा रहेर आफुले जिम्मा पाएको समितिको काम पनि प्रभावकारी बनाए ।

नेपाल न्युजले कर्मचारीलाई एक महिनाको तलब लिएर घर जानु भन्दै सवैलाई जागीर छोड्ने उर्दी गरेको थियो । मर्कन्टाईल कम्युनिकेशनद्वारा सञ्चालित उक्त मिडियामा उनकै नेतृत्वमा १८ दिन आन्दोलन भयो र श्रमजीबी पत्रकारलाई क्षतिपपूर्तिस्वरूप ३६ लाख दिलाउन सफल भए ।

त्यसपछि ‘नेतागिरी’मा पनि बजारमा उनको नाम गर्मियो । तर, महासंग नेतृत्वले त्यसपछि उनलाई गतिलो भुमिका दिएन । भन्छन्,‘त्यसपछि महासंघको राजनीतिमा छैन । दैनिक काममा नै भिडिरहेको छु ।’

७ हजारको जागिर खाँदा पैसा उप्रिमाथि थुप्री हुन्थ्यो । अहिले ६० हजारले महिना धान्न गाह्रो भएको उनको अनुभव छ । पत्रकारितालाई विचारले भन्दा पनि राजनीतिकरणले प्रभावित बनाएको ठान्ने लम्साल भन्छन्,‘पत्रकार कहिल्यै कुनै पार्टीको दास बन्न हुन्न ।’

उनी पत्रकारको काम सरकारलाई बाटो देखाउने भएकैले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकारका गल्तीलाई खुट्याउनुपर्ने बताउँछन् ।