
काठमाडौं, २८ साउन । नेपाल दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको अन्तिम खेलमा सोमबार चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले मध्यान्तरअघि गोलका लागि राम्रो प्रयास गरे पनि सफल हुन सकेन । मध्यान्तरसम्म एक गोल खाएको नेपालले मध्यान्तरपछि दुई गोल खाएको थियो । जितसँगै बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जित हासिल गरेको थियो ।
यसअघि, बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको थियो । अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्नेछ । जारी प्रतियोगितामा अफगानिस्तान र माल्दिभ्सबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।















प्रतिक्रिया