
पोखरा, २८ साउन । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा केहि नयाँ नियमहरु अनिवार्य गरिएका छन् ।
आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने जनाएको छ ।
टीममा दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भारको काम भइरहेको छ ।
प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरी ६ वटा ‘फ्रेञ्चाइज’ टिमले भाग लिने आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । खेलाडी छनौट अक्सनमार्फत हुनेछ । नेदरल्याण्ड्स, युएई, हङकङ जस्ता बलिया देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले जनाएको छ ।
यस्तै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पीपीएलले नेपालको क्रिकेटमा नयाँ उर्जा थप्ने बताएका छन् । उनले पोखराको क्रिकेट मैदानलाई न्यूजिल्याण्डको क्रिकेट मैदानसँग तुलना गर्दै पोखरा जस्तो सुन्दर नगरीमा क्रिकेट खेल्दा आनन्द आउने समेत बताए ।















प्रतिक्रिया