
काठमाडौँ, २६ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा सोमबार बङ्गलादेशको सामना गर्दैछ ।
खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको थियो ।
अघिल्लो संस्करणको हारको बदला लिन पनि सोमबार नेपालले पाकिस्तानसँगको खेल दोहोर्याउँदै जित्नुपर्ने छ । यसअघि बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल बङ्गलादेशसँग ६–० गोल अन्तरले पराजित भएको थियो । अफगानिस्तान र माल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।















प्रतिक्रिया