शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

बीपी प्रतिष्ठानमा बिरामीको चाप बढ्दै, सिटी अस्पताल निर्माण गर्ने तयारी

दैनिक नेपाल २०७५ साउन २५ गते १६:१२

काठमाडौं, २५ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीको चाप अत्याधिक धेरै हुन लागेको छ । बिरामीको चाप बढ्पछि प्रतिष्ठानले वैकल्पिक व्यवस्थाको खोजी गर्न लागेको हो ।

प्रतिष्ठानले ओपीडी सेवासहितको थप एक सय शैयाको छुट्टै सिटी अस्पताल विस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल ८ सय शैया भएपनि आकस्मिक कक्षबाट रिफर भएका बिरामी र स्त्री तथा प्रसुति विभागलगायतमा शैया र अन्य युनिटबाट रिफर भएका नयाँ बिरामीले शैया पाउन पालो पर्खनु परेको छ ।

उपकुलपति प्रा.डा राजकुमार रौनियारले बिरामीको चाप थेग्न गाह्रो भएपछि अस्पतालले धरानको छाताचौकस्थित १ विघा १४ कठ्ठा जग्गामा एक सय शैयाको अस्पताल विस्तारको तयारी सुरु गरेको बताए ।

उक्त जग्गा प्रतिष्ठानकै स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित