३ कार्तिक २०८३, मंगलबार

नेपाली धाविका सुनमायाले जितिन् चीनमा भएको टिएचटी म्याराथनको उपाधि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् ।

उक्त म्यारथन स्थानीय समयानुसार बिहिबार बिहान ०६ः३३ बजे शुरु भएको थियो । –रासस