
काठमाडौं, २३ साउन । पक्राउमा परेका नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिनसम्म थुनामै राखेर अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
उनी मंगलबार साँझ पक्राउमा परेका थिए । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।















प्रतिक्रिया