३ कार्तिक २०८३, मंगलबार

भारतीय प्रशिक्षक देसाई एसिया कप छनोटका लागि नेपाल आउने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । अगष्टमा हुने एसिया कप छनोट तयारीका लागि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई नेपाल आउने भएका छन् ।

नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली टोलीलाई ब्याटिङ प्रशिक्षण दिन देसाई नेपाल आउन लागेका हुन् ।

आफूहरुले देसाईको नाम सिफारिस गरेको र आइसीसीबाट स्वीकृती पाउने बितिक्कै उनी नेपाल आउने प्रशिक्षक टमाटाले जानकारी दिए ।

एसिया कप छनोट खेल भारतमा हुनेछ । जसमा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, ओमान र युएईले छनोट खेल खेल्नेछन् ।

नेपाल आउन लागेका ४३ वर्षीय देसाई बीसीसीआईको ‘सी’ लेभलका प्रशिक्षक हुन् । उनले सन् १९९६ देखि १९९७ सम्म गुजरातबाट एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए ।

ब्याटिङमा समस्या आइरहेको नेपाली क्रिकेट टोलीमा देसाईको प्रशिक्षणले सुधार आउने खेलपण्डितहरुले अनुमान लगाउन थालेका छन् ।