
-विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं । बजारमा इन्काउन्टरको बेसुमार चर्चा चलिरहेको थियो । दैनिक नेपालको कार्यालयमा कलाकार रवीन्द्र झा कालो हेलमेट हातमा बोकेर छिर्दा मसँग ‘इन्काउन्टर’ भयो, म ‘भक्तपुर इन्काउन्टर’माथि टेलिफोनमा अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) धिरजप्रताप सिंहसँग संवादमा थिएँ ।
रवीन्द्र अन्य कामकै लागि कार्यालय छिरेका रहेछन् ।
फ्याट्ट मैले सोधें,‘रवीन्द्र जी मलाई चिन्नुभयो ?’ चिनेजस्तो गरी उनी अकमकाए । र, मैले भनिदिएँ,‘तपाई संङोर नाटकको तयारी गर्दा सुनसरीमा भेट भएको थियो, जहाँ म पनि एउटा कार्यक्रम ‘फराकिलो धर्ती’ गरिरहेको थिएँ ।’
फ्ल्यासब्याकमा फर्केपछि उनले केही सम्झिए जस्तो गरे ।
‘तपाईसँग एउटा कुरा गर्नुपर्छ ।’
उनलाई कालो चियामा भुलाएर म ‘भक्तपुर इन्काउन्टर’माथिको रिपोर्ट पुरा गर्न लागें ।
०००
रवीन्द्र नेपाली फिल्म उद्योगका एउटा ‘ट्रयाक ब्रेकर’ कलाकार हुन् । नेपाली फिल्म ‘जात्रा’बाट उनको अभिनय फिल्ममा यतिविध्न चल्यो की अहिले रिलिज हुने फिल्म ‘रवीन्द्रलेस’ हुँदैनन् । उनी ‘चौका दाउ’को अन्तिम गीतमा अभिनय गर्ने तयारीमा छन् । यसले उनले नेपाली फिल्ममा अभिनय गरेको संख्या १५ पुराउनेछ ।
‘कसरी कलाकारितामा लाग्नुभयो ?’
रवीन्द्रले संक्षेपमा नाट्य यात्राबारे बेलिविस्तार लगाए । जनकपुरमा जन्मिएका रवीन्द्र ०५२ सालमा काठमाडौंमा उच्च तहको अध्ययन गर्न आएका बेला नाट्य यात्रामा लागे । एसएलसी सकेर जब शंकरदेव क्याम्पसमा उच्च अध्ययनका लागि आए, उनलाई नाटकतिर लाग्नका लागि प्रेरित गरे, अरुणकुमार झाले ।
नाटकमै लाग्ने हो भने जनकपुरको मिथिला नाट्य परिषद्बाट भविष्य बनाउने सोच उनले राखे । तर ठाउँ पाएनन् । उनी आकृति भन्ने संस्थाबाट जनकपुरमा मैथिली नाटकमा छिरे । उनलाई सम्झना छ ‘त्यसैबेला जनकपुर टुडे’मा उनको ठूलो फिचर छापियो । जुन अहिले पनि सम्हालेर राखेका छन् ।
‘महाकवी विद्यापति’ नाटक जनकपुरमा हुँदै थियो, अरुणकुमारको आग्रह र निर्माचा अशोक चौधरीले पनि जोड गरेपछि अभिनयका लागि तयार भए । ‘त्यसबेला त मलाई नाटकमा के भविष्य छ र ? भन्ने पनि लाग्थ्यो’, उनी सम्झन्छन्,‘तैपनि मैले आग्रहलाई मानेर जनकपुर पुगें ।’
नाटक चल्यो । उनको यदाकदा चर्चा भयो । नाटकमै लाग्ने हो भने जनकपुरको मिथिला नाट्य परिषद्बाट भविष्य बनाउने सोच उनले राखे । तर ठाउँ पाएनन् । उनी आकृति भन्ने संस्थाबाट जनकपुरमा मैथिली नाटकमा छिरे । उनलाई सम्झना छ ‘त्यसैबेला जनकपुर टुडे’मा उनको ठूलो फिचर छापियो । जुन अहिले पनि सम्हालेर राखेका छन् । त्यसले उनलाई नाटकमा जम्न प्रोत्साहन गर्यो । भन्छन्,‘त्यसपछि म हौसिएँ, नाटकमा अगाडी बढ्ने सोच पनि पलायो ।’
उनलाई कलाकारितामा चासो राख्नका लागि महेन्द्रकुमार मिश्रले पनि हौसाए । हो न हो केही होला की भनेर उनी शंकरदेवमा प्रमाणपत्र तह अध्ययन सकेर ०५५ सालमा जनकपुर फर्किए ।
उनको अभिनय चर्चाको ग्राफ बढ्न थाल्यो । ‘राजकुमार झाले रवीन्द्र बाहिर जाऊ भन्नुभयो । दिल्लिामा राम्रो छ । एनएचडी थिएटर’, उनी संघर्षलाई कोट्याउँछन्,‘म पनि झोला बोकेर दिल्लीतिर कस्सिएँ ।’

जनकपुरको ठिटो डाक्टर, इन्जिनियर बन्ला अथवा बैंकमै जागिर खाला भन्ने सोच बाबुआमाको थियो होला तर उनी नाटक पढ्नका लागि अभिभावकलाई ‘कन्भिन्स’ गरेर दिल्ली हानिएका थिए ।
एनएचडीमा उनले भर्ना पाएनन् । ‘त्यहाँ त ग्राजुएशन गरेकाले मात्र भर्ना पाउने रहेछन्, मैले त इन्टरमात्र गरेको थिएँ’, उनले सुनाए,‘त्यहाँ अर्को आदी नाट्य दृष्टि पनि राम्रो हो, इन्टर गरेकोलाई लिन्छ भन्ने सुनेपछि फारम भरें ।’
नयाँ दिल्लीमा कलाकारीताका लागि नाटक सिक्नेको लहर थियो । जम्मा २० कोटाका लागि ३०/४० हजारको आवेदन पर्ने गरेको थियो । उनको नाम निस्कियो तर पत्यार लागेन । ‘यो रवीन्द्र झा मै हो र ? अरु पनि होलान् भन्ने लाग्यो । तर, मै रहेछु ।’
‘हैट, यस्तो पनि नाटक हुन्छ ? म कहाँ आएँ, हे भगवान भन्ने लाग्थ्यो’, उनी भन्छन्,‘पछि नाटक हेर्न गएपछि चरित्रमा अभिनय गरेको जब देखें अनि नाटक भनेको यस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । हामीलाई त यहि पो सिएको रहेछ भन्ने मनन् भयो ।’
तीन महिनासम्म अन्तरवार्ताबाट छानिएका उनी त्यहाँ तीन बर्ष, पढे । पहिलो बर्ष पैसा तिरे, दुई वर्ष स्कोलरसीपमा विना शुल्क अध्ययन गरे । सोही क्रममा एउटा हिन्दी फिल्ममा उनलाई अफर आयो । अडिशनमा पास पनि भए । तर, अभिनय गरेनन् । ‘‘पिन्जर’ भन्ने मनोज बाजपेई समेत रहेको फिल्ममा पास भइयो । तर फिल्म खेल्न विदेश जानुपर्ने भएपछि मैले छाडें’, उनी सम्झन्छन्,‘नाटकको क्लास सकिएको छैन, जनकपुरदेखि पढ्नका लागि आएको हुँ । कहाँ फिल्मतिर भुलिने भनेर म नाटक अध्ययनमै अलमलिएँ ।’
पढ्दापढ्दै कहिलेकाहीँ उनलाई दिक्क लाग्थ्यो । पढाई नै भनेर कहिले ‘रुखमा झुन्डाउने, मान्छेलाई ‘वाच’ गरेर आइज भन्ने जस्ता काममा खटाएपछि उनी दिक्क पनि भए ।
सैनिक तालिमजस्तो लाग्थ्यो उनलाई नाटक अभ्यास ।
‘हैट, यस्तो पनि नाटक हुन्छ ? म कहाँ आएँ, हे भगवान भन्ने लाग्थ्यो’, उनी भन्छन्,‘पछि नाटक हेर्न गएपछि चरित्रमा अभिनय गरेको जब देखें अनि नाटक भनेको यस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । हामीलाई त यहि पो सिएको रहेछ भन्ने मनन् भयो ।’
तीन बर्षपछि उनी नेपाल फर्किए । नेपालमा रेडियो नाटक, सडक नाटक चलिरहेका बेला उनी यस्तै काममा व्यस्त थिए । फिल्मतिर उनलाई ध्यान थिएन । न खेल्छु भन्ने आश पनि थियो । एन्टेना फाउन्डेशनमा रेडियो नाटकको तयारी गरिहरेका उनलाई प्रदिप भट्टराईले ‘जात्रा’का लागि अफर गरे । तर उनले भ्याउँदिन, मेरो रेडियोको काम कसले गर्छ ? भनेर फर्काए ।
हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसँग पनि बेलामौका काम गरेका रवीन्द्र नै जात्राको ‘मुन्ना ठाकुर’को उपयुक्त पात्र हुने भन्दै भट्टराईले आचार्यमार्फत उनलाई अनुबन्धनको लागि बाध्य पारे ।
उनले सातामा दुई दिन जनकपुर जाने सर्तमा नै फिल्ममा अभिनय गरे । नभन्दै उनको क्यारेक्टरले सोचेभन्दा ठूलो उचाई पायो । ‘त्यसबेला त मैले अभिनयका लागि अभिनय गरेको थिएँ, मलाई तनाव नै थियो । समय कसरी मिलाउने होला भन्ने चिन्तामा काम गरेको थिएँ’, उनी सम्झन्छन्,‘प्रिमियरमा फिल्म हेरें ठिकै जस्तो लाग्यो । तर, प्रशंशा अन्यले धेरै गरे ।’
अहिले प्रायः फिल्म रवीन्द्रमय छन् । कतिपयले त उनका लागि स्क्रिप्टमा क्यारेक्टर जन्माउने गरेका छन् । ‘केही निर्देशकले सोधी सोधी राख्नुहुन्छ’, उनी भन्छन् ।
फिल्ममा भन्दा रवीन्द्र नाटकमा रमाउँछन् । फिल्म र नाटकबारे उनको फरक विश्लेषण छ । भन्छन्,‘नाटक खेल्दा आनन्द हुन्छ, फिल्म देख्दा आनन्द हुन्छ । नाटकमा रिटेक हुँदैन, डाइरेक्टरले पनि केही गर्न सक्तैन । तर फिल्ममा डाइरेक्टरले जे पनि गर्न सक्छ ।’















प्रतिक्रिया