
काठमाडौँ, २३ साउन । हेटौँडामा रहेको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । बिहान सवा १० बजे भएको आगलागीबाट करोडौँ रुपैयाँको क्षती भएको छ । मानवीय क्षती हनुबाट भने जोगिएको छ ।
https://www.facebook.com/keshar.khadka.5/videos/1897906333589398/
आगलागीको कारण पत्ता लाग्न सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा अाएकाे छैन । थप विवरण आउन बाँकी छ ।
एउटा मात्र दमकल भएकाे र अागाे हलकाे चारैतिरबाट फैलिएकाले नियन्त्रण हुन नसकेकाे घटनास्थलमा रहेका केशब खड्काले जानकारी दिए । अागलागी शुरू भएकाे केही समयपछि दमकल घटनास्थल पुगेकाे हाे ।
अागाे नियन्त्रणका लागि छिमेकी जिल्ला बाराबाट थप दमकल मगाइएकाे छ । बुधबार हल मर्मत गर्ने भन्दै बिहानकाे शाे चलाइएकाे थिएन ।


तस्वीर सौजन्य : शान्तिप्रिय
भिडियो : केशव खड्काकाे फेसबुकबाट















प्रतिक्रिया