३ कार्तिक २०८३, मंगलबार

सत्तारुढ नेकपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा पार्टीको एकीकरण स्थानीय स्तरमा कसरी गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच केन्द्रमा एकीकरण भएर नेकपा बनेको हो । अहिलेसम्म पार्टीका तल्ला तहमा एकीकरण हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच गएको जेठमा एकता भए पनि जनवर्गीय संगठन, जिल्ला, इलाका तथा स्थानीय कमिटिमा एकीकरण हुन बाँकी छ । पार्टीको स्थानीय तहमा एकीकरणसहित अरु विषयमा पनि बैठकमा छलफल हुनेछ ।