३ कार्तिक २०८३, मंगलबार

ओलीले बोलाए संवैधानिक परिषद बैठक, मिश्र र राणामध्ये को होलान् सिफारिस ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका गर्न परिषदका अध्यक्ष समेत रहेका ओलीले बुधबार बैठक बोलाए पनि समय यकीन भइसकेको छैन ।

प्रस्तावित प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भएपछि नयाँ व्यक्ति सिफारिसका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस सल्लाहार डा. कुन्दन अर्यालले जानकारी दिए ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुईतिहाईले अस्वीकृत गरेको थियो । संवैधाननिक परिषदले बरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर जबरामध्ये एकलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।

यसअघि संवैधानिक परिषदले गत जेठ २९ मा कायममुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । सर्वाेच्चमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुन अझै केही समय लाग्ने देखिएको छ ।