३ कार्तिक २०८३, मंगलबार

बहुराष्ट्रिय सञ्चारसम्बन्धि अन्तरक्रियाशिलताको सुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ साउन । नेपाली सेना र अमेरिकी प्रशान्त क्षेत्र कमाण्डको संयुक्त आयोजनामा सञ्चालनम हुने बहुराष्ट्रिय सञ्चार सम्बन्धि अन्तरक्रियाशिलताको सोमबार उद्घाटन गरिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले एक विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा उपरथी शर्माले यस अभ्यासले भविष्यमा हुन सक्ने विपद् व्यवस्थापनको दौरान अन्तर सञ्चार माध्यमलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने बताए । सो अवसरमा एमसीआईपीका निर्देशकस्कट ग्रिफिनले समेत आफ्नो मन्तव्य राखेका थिए ।

विपद् व्यवस्थापनको समयमा अन्तर सञ्चार माध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहको प्रभावकारीतालाई अभिबृद्धि गर्ने लक्ष्यले यो अभ्यास संचालन गरिएको हो । एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशिल क्षेत्र भएको हुँदा सन् २००४ को सुनामीमा देखिएको कमीकमजोरीलाई हटाई विपद्को समयमा भरपर्दो मिलाप व्यवस्था गर्न आवश्यक देखिएको भन्दै यस्तो कार्यक्रमको महसुस गरिएको हो ।