
काठमाडौं, २१ साउन । जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले एक स्टाटस राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
३३ वर्षीय गोमेजलाई जर्मनीमा भरपर्दो स्ट्राइकरको रुपमा लिइन्थ्यो । उनी विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि मिडफिल्डर मेसुट ओजिलले आफूमाथि रंगभेदी अपमान भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको थिए ।
गामेजले आफ्ना फुटबल प्रशिक्षक जोचिम लोसँग सल्लाह गरेर सन्यास लिएको जानकारी दिएका छन् । -एजेन्सी















प्रतिक्रिया