३ कार्तिक २०८३, मंगलबार

काठमाडौँमा अपहरणको अर्काे घटना, ११ वर्षिय बालक अपहरित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ साउन । काठमाडौँमा फेरि अर्काे अपहरणको घटना भएको छ । काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् ।

स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

निशान आइतबार बेलुकादेखि वेपत्ता थिए । सोमबार बिहान परिवारका सदस्यलाई फोन गरेर फिरौती मागिएको छ । पेशेवर अपराधीक समूहले अपहरण गरेको वा आफन्तले भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष साउनमा पनि काठमाडौँमा बालक अपहरणको घटना भएको थियो ।

पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी स्कुलबाट घर फर्किने क्रममा ०७४ साउन १२ गते अपहरणमा परेका थिए । उनको पाँच दिनपछि जीवितै उद्धार गरिएको थियो । विशाललाई उनकै बुवाका साथीहरुले अपहरण गरेको रहस्य खुलेको थियो ।