३ कार्तिक २०८३, मंगलबार

जाजरकोट पहिरोः ८ जनाको शव निकालियो (अपडेट)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । जाजरकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ।

अन्य दुर्इ बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। पहिरो आईतबार विहान आठ बजेतिर गएको प्रहरीले जनाएको छ। पहिरोमा परी दुई घर पुरिएका छन्।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । लालबहादुर द्वारको सकुशल उद्दार गरिएको उनले बताए ।

उद्दारका लागि अहिले स्थानिय वासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ ।