३ कार्तिक २०८३, मंगलबार

दोस्रो एक दिवसीय: नेपालको नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित, सोमपाल र पारस बने हिरो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई १ रनले हराएको छ । ओडिआई इतिहासमा नेपालको यो पहिलो जित हो ।

ऐतिहसिक ओडिआई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ५० ओभरमा २१५ रनमा अलआउट गर्दै नेपालले जित हात पारेको हो ।

जितपछि नेपालले दुई खेलको सिरिज १–१ को बराबरी गर्दै ओडिआई यात्रामा समेत सुखद सुरुवात गरेको छ ।

डच टोलीलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिए । सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्र ऐरीले १–१ विकेट लिए ।

नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ७१ रन बनाएपनि जितका लागि पर्याप्त भए। डानिएल तर ब्राकले ३९ रन बनाए ।

कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले पहिले ब्याटिङ गर्दै ४८–५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए ।

पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्धशतक हो भने नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा तथा सोमपाल तेस्रा खेलाडी बने ।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए ।

नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे ।

८८ रन हुँदा ५ विकेट गुमाएको नेपालका लागि कप्तान पारस र बरिफले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । यस्तै सोमपाल कामीले सन्दीप लामिछानेसँग नवौं विकेटका लागि ४१ रनको साझेदारी गरे ।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले ३ तथा पिटर सिलर र माइकल रिप्पोनले २–२ लिए ।