
काठमाडौं, १८ साउन । नेपालका लागि सोमपालले पहिलो ओभरको दोस्रो बलमै विकेट झारेर राम्रो सुरुवातको संकेत दिएका छन् ।
दोस्रो एक दिवसीय क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुवात गरेको हो । पहिलो ओभर लिएर मैदान आएका सोमपाल कामीले आफ्नो दोस्रो बलमै विकेट लिन सफल भए ।
उनले नेदरल्यान्ड्सका ओपनर स्टेफन मेइब्रउलाई आउट गरेका हुन् । नेदरल्याण्डस्ले अहिले नेपालले दिएको २ सय १७ रनको लक्ष्य पच्छाईरहेको छ ।
सोमपालले शुक्रबारको खेलमा व्याटिङ तर्फ पनि उत्कृष्ट प्रर्दर्शन गरेका थिए । उनले ४६ बलमा सर्वाधिक ६१ रन बनाएका थिए ।















प्रतिक्रिया