३ कार्तिक २०८३, मंगलबार

सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले दियो नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ साउन । कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ ।

दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । उनले सर्वाधिक ६१ रन बनाए । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए । पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्ध शतक हो भने नेपालका लागि अर्ध शतक प्रहार गर्ने पारस दोस्रो तथा सोमपाल तेस्रा खेलाडी बने ।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए । नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९–१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे ।