
काठमाडौं, १८ साउन । नेदरल्याण्डस् विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । अहिले ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल ओपनरको रुपमा मैदानमा छन् ।
नेदरल्याडस्को घरेलु मैदान भिआरएमा जारी खेलमा नेपालले पहिलो एक दिवसीयको बदला लिने लक्ष्य लिएको छ ।
तर आजको खेलमा नेपाली खेलाडी शरद भेषावकर भने खेलेका छैनन् । उनीलाई चोटका कारण आरम दिईएको छ । यस्तै भेट्रान बलर शक्ति गौचन र करण के.सी समेत मैदान बाहिर रहेका छन् ।
उनीहरुको ठाउँमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेल खेल्दैछन् । तर कप्तान पारस खड्का भने शुक्रबारको खेल जित्ने विश्वासमा छन् ।
यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो ।















प्रतिक्रिया