
काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीका सांसद भानुभक्त ढकाल कानुनमन्त्री बनेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।
मोरङ–३ बाट प्रत्यक्ष निर्वाचित सांसद ढकाल नेकपाको केन्द्रीय सदस्य छन् । उनी लामो समयदेखिका प्रधानमन्त्री ओली निकट नेता हुन् ।
बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली छात्राहरुमाथि हुने व्यवहारबारे विवादास्पद अभिव्यक्ति दिएपछि तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएका थिए । तामाङको राजीनामा पछि रिक्त रहेको स्थानमा प्रधानमन्त्री ओलीले ढकाललाई तानेका हुन् ।
यसैगरी स्वास्थ्यराज्यमन्त्री पद्मा अर्याललाई भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अघिल्लो हप्ता कृषि मन्त्रालयलाई फुटाएर बनाइएको भूमिसुधार तथा सहकारी मन्त्रालयमा स्वास्थ्यराज्यमन्त्री अर्याललाई बढुवासहित सरुवा गरिएको हो ।
अहिले स्वास्थ्यमन्त्री संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । सामान्यतया मन्त्री र राज्यमन्त्री एउटै पार्टीको हुने चलन छ ।















प्रतिक्रिया