
काठमाडौँ, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) की सांसद् निरुदेवी पाललाई धम्की दिएको विषयमा अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।
संसदीय सुनुवाई विशेष समितिका सदस्य समेत रहेकी पाललाई मंगलबार राती बानेश्वरमा अज्ञात व्यक्तिले पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको बताएकी थिइन् । उनले बिहीबारको संसदमा पनि यो कुरा उठाएकी थिइन् । यस
अघि प्रहरीले घटनाको अनुसन्धानको क्रममा ७५ जनालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।















प्रतिक्रिया