३ कार्तिक २०८३, मंगलबार

सुरू भयो संसदीय सुनुवाइ समितिको बैठक, के होला जोशीबारे निर्णय ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरू भएको छ । बिहान दश बजे बोलाइएको बैठक नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका सांसद ढिलो गरी उपस्थित भएपछि बैठक अबेर सुरु भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा बैठक केही दिनअघिदेखि स्थगित हुँदै आएको छ ।

अघिल्लो बिहीबार समितिले जोशीसँग जवाफ लिएको थियो । सामान्यतया सुनुवाइ भएकै दिन अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने गरे पनि यसपटक भने बैठक स्थगित हुँदै आएको छ ।

समितिको पछिल्ला तीन बैठक अनिर्णित रहँदा राजनीतिक अन्योल बढेको छ भने लामो समयदेखि सर्वाेच्च अदालतले प्रधानन्यायाधीस पाउन सकेको छैन । १५ सदस्यीय सुनुवाई समितिमा रहेका सत्तारुढ नेकपा र संघीय समाजवादी फोरमका दुई तिहाई (१०) सदस्य जोशीको नाम अनुमोदन गर्न नहुने पक्षमा छन् ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस जोशीको नाम अनुमोदन गर्नुपर्ने पक्षमा छ । निर्वाचनमार्फत् टुङ्गो लगाउने प्रयास भए समिति नै बहिस्कार गर्ने धम्की उसले दिएको छ । यस्तो अवस्था आए जोशीलाई महाअभियोग लगाउनेबारे नेकपाभित्र छलफल भइरहेको स्रोतले जनाएको छ ।

आज अन्तिम निर्णय सुनाउने भनिएपनि अन्योल भने कायमै रहेको छ ।