
काठमाडौं, १६ साउन । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले नेपालसामु १ सय ९० रनको लक्ष्य पेस गरेको छ ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले ४७.४ ओभरमा सबै विकेट गुमाउनु पूर्व १ सय ८९ रन बनाएको हो । उसका लागि रिप्पोनले सर्वा्धिक ५१ रनको अर्धसतकीय पारी खेले।
नेदरल्याण्डस्लाई सस्तैमा समेट्न नेपालका कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।
पारसले १० ओभर बलिङ गर्दै २४ रन खर्चेर ४ विकेट हात पारे । यस्तै सोमपालले ८.४ ओभर बलिङ गर्दा ३४ रन दिएर ३ विकेट झारेका हुन् । उनले एउटा मेडन ओभर राखेका थिए ।
सन्दिप लामिछाने, करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए ।
आजको खेलमा पहिलो विकेट लिएका सोमपाल नेपालको एक दिवसीय यात्राको इतिहासमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्दैछ ।















प्रतिक्रिया