३ कार्तिक २०८३, मंगलबार

एकदिवसीय क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी–सोमपाल, दोस्रो लिए पारसले

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ साउन । सोमपाल कामी नेपालको खेलकुद ईतिहासमा पहिलो एकदिवसीय विकेट लिने खेलाडी बनेका छन् ।

उनले अहिले भईरहेको नेदरल्याण्ड्ससँगको क्रिकेटमा पहिलो विकेट लिएका छन् । खेल आमस्टेल्भिन स्टेडियममा अहिले जारी छ ।

सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् । नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

नेदरल्याण्ड्सको दुई विकेट जाँदा पारस खड्काले दोस्रो विकेट झारेका छन् ।