
काठमाडौं, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि सशस्त्रको एपीएफ क्लबले जितेको छ ।
एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा आज भएको फाईनल खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले एक्लैले तीनै गोल गर्दै ह्याट्रिक पुरा गरिन् । आर्मीका लागि पुनम मगरले सान्तवना गोल फर्काईन् । पहिलो हाफमा १–० ले पछि परेको आर्मीले दोस्रो हाफमा थप दुई गोल खाएको हो ।
उपाधिसँगै एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले एक लाख रुपैयाँ पायो ।
आजै उपाधि होड बाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । ९ दिनसम्म चलेको लिगमा विभागीय तीन, काठमाडौं र रौतहटसहित ५ टोलीको सहभागिता थियो ।















प्रतिक्रिया