३ कार्तिक २०८३, मंगलबार

सोमबार पनि जोशीका विषयमा निर्णय भएन, सुनुवाई समितिको बैठक सर्‍यो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । प्रधानन्यायाधीको नाम अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक फेरि पनि सरेको छ । सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो । समितिको अर्काे बैठक बुधबार बस्नेगरी स्थगित भएको हो ।

जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । जोशीको शैक्षिक प्रमाणपत्र र विगतमा गरेका फैसलाका विषयमा समितिमा गम्भीर उजुरी परेपछि सुनुवाई पनि बैठक पटक पटक सर्दै आएको छ । शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो । आइतबार पनि बैठक नबसेर सोमबारका लागि बोेलाइएको थियो ।

संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुलाई जोशीको नाम अनुमोदन नगर्न सुझाएको थियो । तर, अन्तिममा आएर निर्णय हुन सकेन ।

संसदीय सुनुवाई समितिले नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।