३ कार्तिक २०८३, मंगलबार

चिनियाँ उपमन्त्री काठमाडौँमै भएका बेला किन आउँदैछन् भाजपाका दुई महासचिव ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ साउन । चिनियाँ उपमन्त्री काठमाडौँ भएका बेला भारतीय जनता पार्टीका दुई महासचिव काठमाडौँमा जम्मा हुने भएका छन् । भाजपा महासचिव डाक्टर अनिल कुमार जैन सोमबार बिहान काठमाडौँ आइपुगेका छन् भने अर्काे महासचिव राम माधव सोमबार साँझ काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

राज्यसभा सदस्यसमेत रहेका जैन तीन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाडौं आइपुगेका हुन् । भाजपा अध्यक्ष अमित शाहसँगे राम्रो सम्बन्ध भएका जैन नेपाल भारत थिंक ट्याक समिटमा भाग लिन काठमाडौं आएका हुन् । सोही कार्यक्रममा भाग लिन भाजपाका अर्का महासचिव राम माधव पनि सोमबार साँझ काठमाडौँ अवतरण गर्दैछन् ।

महासचिव माधवलाई विजेपीले विदेश मामिला हेर्ने जिम्मेवारी समेत दिएको छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओलीसहितका उच्च नेतासँग भेट गर्नेछन् । समिटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता सुरेन्द्र पाण्डे र काँग्रेस नेता गगन थापा पनि सहभागी हुने बताइएको छ ।

यही बेला चिनियाँ उपमन्त्री वाङ या चिङले पनि काठमाडौं छन् । उनले आइतबार प्रधानमन्त्री ओली र सोमबार नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।