३ कार्तिक २०८३, मंगलबार

त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि संयुक्त रुपमा पाए नेपाल र नेदरल्याण्ड्सले

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ साउन । बेलायतको लर्समा आइतबार भएको त्रिकोणात्मक टी–२० सेरिज क्रिकेटको उपाधि नेपाल र नेदरल्याण्सले संयुक्त रुपमा पाएका छन् ।

नेपाल र नेदरल्याण्स बीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि ट्रफी दुवैले सेयर गरेका हुन् । दुवै टी–२० इन्टरनेशनल मान्यता प्राप्त टोली हुन् ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजको थियो । पहिले ब्याटिङ गरेको नेदरल्याण्सले १६.४ ओभरमा १ सय ७४ रन बनाएको स्थितिमा पानी परेपछि खेल नै रद्ध गर्नुपरेको थियो ।

त्यसअघि लर्ड्समा ६–६ ओभरमा घटाइएको खेलमा दुवैले एमसीसीलाई पराजित गरेका थिए ।