नवलपरासी, १४ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था ‘डेमोक्रेटिक लयर्स एशोसियसन’ (डीएलए)को अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
सोमबार बिहान प्राप्त नतिजाअनुसार अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । अध्यक्ष पदमा सीताराम केसीले पनि प्रतिस्पर्धा गरेका थिए । केसी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने अधिकारीलाई कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको थियो ।
अध्यक्षमा निर्वाचित अधिकारीलाई कांंग्रेस नेताहरू डा.शेखर कोइरालाले पनि समर्थन गरेका थिए । महामन्त्री डा.शशांक कोइरालाले पनि अधिकारीलाई समर्थन जनाएपछि जित सुनिश्चित भएको जनाइएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनपछि भएको कांग्रेसको शुभेच्छुक संस्थाको महाधिवेशनमा फेरि एक पटक संस्थापन पक्ष पराजित भएको छ ।
महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लगेको छ । प्रदेश संरचनामा जाँदा केन्द्रीय समिति ४३ सदस्यीय बनाउने गरी विधान संशोधन भएको छ ।
महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना सदस्य २४ जना निर्वाचित गरेको छ ।















प्रतिक्रिया