३ कार्तिक २०८३, मंगलबार

काठमाडौंको कलंकीमै युवती बलात्कृत, प्रेमी सहयोगी–प्रहरी समेत संलग्न

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । काठमाडौंको कलंकीमै एक युवती बलात्कृत भएकी छन् । आफ्नै प्रेमी समेतको सहयोगमा बलात्कार भएको भन्दै पीडित युवतीले जाहेरी दिएकी छन् ।

पीडित युवतीले कालीमाटीको महिला सेलमा जाहेरी दिएकी हुन् । उनले आफ्नै प्रेमी रामशरण पोखरेल समेतको संलग्नतामा उनका साथीले बलात्कार गरेको खुलाएकी छिन् ।

पीडितको जाहेरीका आधारमा प्रहरीले उनका प्रेमी पोखरेल र पोखरेलका साथी चन्द्र प्रसाईंलाई पक्राउ गरेको छ । उनीहरु दुबै सशस्त्र प्रहरी बलमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

पोखरेलले कलंकी स्थित आशिर्वाद गेस्ट हाउसमा बोलाएको र रणनीति अनुरुप नै उनीहरुले दुई ओटा कोठा बुक गरेको तर सो कुरा आफुलाई थाहा नभएको पीडित युवतीको भनाई छ ।
पोखरेलको साथी पनि राति नै होटलमा आएको र उनीहरु एउटै कोठामा सुतेको युवतीले प्रहरीलाई बताएकी छन् । उनी र उनका प्रेमी पोखरेल एउटा खाटमा र प्रसाई अर्को खाटमा सुतेको पीडितको भनाई छ ।

तर पछि आफुलाई केहि थाहा नभएको तर विहानपख विउँझिँदा अर्धनग्न अवस्थामा आफुलाई पाएको उनको बयान छ । पीडित युवतीले त्यतिवेलै प्रहरीलाई फोन गर्न खोज्दा उनका प्रेमीले उनको फोन समेत फुटाईदिएको उनले बताईन् ।

उक्त होटलको कोठाबाट प्रहरीले र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले बताए ।