
काठमाडौं, १३ साउन । प्रमाणपत्रको फरक–फरक तथ्याङ्कका कारण प्रधानन्यायाधीशको अनुमोदन प्रक्रिया लम्बिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रमाणपत्रमा फरकफरक तथ्याङ्क भेटिएपछि आईतबारका लागि तय भएको संसदीय सुनुवाई समितिको बैठक सरेको छ । प्रस्तावित जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा छलफलका लागि आईतबार बिहान ८ बजे बैठक बोलाईएको थियो ।
तर आजको बैठक भने भोली सम्मका लागि स्थगित भएको छ । लगातार बैठक धकेलिएसँगै प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन हुने वा नहुने अनिश्चित नभएको छ ।
अनौपचारिक छलफलपछि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक डाकिएको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले केही सदस्य बाहिर जानुपर्ने भएको कारण देखाउँदै बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी दिए ।
शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ ।
बिहिबार जोशीको सिंहदरबारमा चार घण्टा सुनुवाइ भएको थियो । उनको अनुमोदन गर्ने नगर्ने निर्णयका लागि शुक्रबार ३ बजेका लागि बैठक राखिएको थियो । तर बैठक आइतबार ८ बजेका लागि सरेको थियो ।
सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएपछि सुनुवाई बैठक नै अनिश्चित जस्तो बनेको छ ।















प्रतिक्रिया