३ कार्तिक २०८३, मंगलबार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल आज नेदरल्यान्ड र एमसीसीसँग भिड्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आईतबार नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग खेल्दै छ ।

इङ्ग्ल्याण्ड टुरमा रहेको नेपालले त्रिकोणात्मक टी–ट्वान्टी खेल्न लागेको हो ।

नेपालले पहिलो खेल लर्ड्स मैदानमा एमसीसीसँग खेल्दै छ । उक्त खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

यस्तै आजै हुने नेपालको दोस्रो खेलमा नेपाल नेदरल्याण्डसँग राति साढे १० बजे पछि भिड्ने छ ।

त्यसअघि त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्गतको आजको पहिलो खेलमा दिउँसो ३ बजे नेदरल्याण्ड र एमसीसी खेल्ने छन् । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो ।

टी–२० को सिरिज खेल्न नेपाल एक साताअघि इङ्ग्ल्याण्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले तीनमा जित र एकमा हार व्यहोरेको थियो ।