१ कार्तिक २०८३, शनिबार

युरोपियन क्षेत्रीय सम्मेलनमा साहित्यिक कार्यक्रम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्लीराम अम्माई

लक्जेम्बर्ग । गैर आवासीय नेपाली संघ ११औं यूरोपियन क्षेत्रीय तथा ९औं महिला सम्मेलन चारतारे हिल्टन होटलमा प्रारम्भ भएको छ । सम्मेलनको उद्घघाटन भने सोमबार हुनेछ ।

आगामी जुलाई ३० तारिखसम्म चल्ने ३ दिने सो सम्मेलनको पहिलो दिनको रोचक सत्र साहित्यकारहरुको साहित्यिक सम्बाद, कविता तथा गजल वाचन, नेपाल पत्रकार महासंघ युरोप शाखाको डकुमेन्ट्रीपछि प्रेस मिट र अन्तमा सांस्कृतिक कार्यक्रम रहेको थियो ।

गैह्र आवासीय संघको औपचारिक कार्यक्रम संचालन गर्दै खगेन्द्र भट्टराईले साहित्य र सस्कृति छोड्दा नेपालीको आत्मा समाप्त हुने भन्दै भाषा र साहित्यको अभियानसंग जोडी दिदा डायस्पोरामा रहेका सबै नेपालीहरूको आत्मालाई भावनात्मक रुपमा मातृभूमिसँग एकाकार गराइरहने बताए ।

गैह्र आवासीय नेपाली संघको अभियानमा साहित्य र नेपाली भाषाको अभियान समाबेश गरिएकोमा उनले आयोजकलाई धन्यबाद समेत दिए ।

त्यहि क्रममा नेपालबाट आएका मदन पुरस्कार बिजेता उपन्यासकार अमर न्यौपाने, सरसर्ती संसार नियात्राका लेखक तथा गैह्र आबासिय नेपाली संघका भुतपूर्व अध्यक्ष जिबा लामिछाने र डाक्टर रबिन्द्र समिरको साहित्यिक अन्तर सम्बादले साहित्यिक मनहरूलाई साहित्यका विभिन्न बिधाबारे रोचक टिप्स प्रदान गरेको थियो ।