३ कार्तिक २०८३, मंगलबार

एसिया कप क्वालिफायर अगष्ट २९ बाट, पहिलो खेलमा नेपाल ओमानसँग भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ साउन । अगष्ट २९ बाट सुरु हुने एसीसी एसिया क्लालिफायरको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा हुने उक्त खेलको खेल तालिका एसीसीले सार्वजनिक गरेको हो । खेलमा नेपालको खेल भने पहिलो दिनबाटै सुरु हुँदैछ ।

नेपालले अगष्ट २९ मा ओमानसँग खेल्ने भएको छ । एक दिवसीय मान्यता पाएका नेपाल र युएई सहित हङकङ, मलेसिया, सिंगापुर र ओमानले क्वालिफायर खेल्नेछन्।

क्वालिफायरमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसीसीले यसअघि क्वालिफायर अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म हुने जनाएको थियो। तर खेल तालिकामा भने क्वालिफायर अगष्ट २९ दखेि सेप्टेम्वर ६ सम्म हुने उल्लेख छ।

क्वालिफायरका खेलहरु मलेसियाको राजधानी क्वालालम्पुर स्थित किनरारा ओभल, बायुमास ओभल र युकेएम ओभलमा हुनेछ। सेप्टेम्वर ६ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले युएईमा सेप्टेम्वर १५ देखि २८ सम्म हुने एसिया कप खेल्न पाउनेछ।