३ कार्तिक २०८३, मंगलबार

त्रिशुली बस दुर्घटनामा ५ जनाको मृत्यु, अन्य २३ घाइते (ताजा अपडेट)

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । त्रिशुली नदीमा आज भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २३ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको बस आज त्रिशूली नदीमा खसेको थियो । खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको उक्त बस इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ट्रकसँग ठोक्किएपछि त्रिशुली नदी किनारमा खसेको थियो । शुक्रबार मध्यान्ह उक्त बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते सबै २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

घटना स्थलमा उद्दारको काम भईरहेको चितवन प्रहरीले जनाएको छ ।