३ कार्तिक २०८३, मंगलबार

पोखराबाट काठमाडौँका लागि छुटेको बस त्रिशुलीमा खस्यो, २३ जनाको उद्धार

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस ट्रकमा ठोकिएर त्रिशूलीमा बस खसेको हो । ना ५ ख ७४०९ नम्बरको ट्रकमा ठोकिएर बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

टनास्थलमा पुगेको प्रहरी टोली उद्धार कार्यमा लागिसकेको तर थप विवरण आउन बाँकी छ । अहिलेसम्म २३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।