३ कार्तिक २०८३, मंगलबार

डा. गोविन्द केसीसँग सहमतिका २ बुँदा थपियो, अनशन तोड्ने तयारी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । सरकारी वार्ता टोली र अनशनरत प्राध्यापक डा. गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने लगभग पक्का भएको छ ।

अहिले सहमतिको लिखित भाषा मिलाउने काम भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । भाषा मिलाईसकेपछि केसीसँग हस्ताक्षर हुने छ र २७ दिन लामो अनशन तोडिनेछ । केसी पक्षका वार्ता टोलीसँग बिहीबार दिउँसो ७ बुँदे सहमति भएको थियो । तर, केसीले त्यसलाई अस्वीकार गरेका थिए ।

सरकारी वार्ता टोलीसँग सिंहदरबारमा भएको सहमति अनुमोदन गराउन त्रिवि शिक्षण अस्पताल पुगेको केसी पक्षका टोलीसँग उनले उनले थप कुरा गरेका थिए । सहमतिमा असहमति जनाउँदै केसीले उनीहरुलाई पठाएका थिए । त्यसपछि फेरि सरकारी वार्ता टोली र केसीबीच प्रधानमन्त्री निवास बालुवाटारमा अर्काे वार्ता भएको थियो ।

डा केसीले गत असार १६ गतेदेखि जुम्लामा अनशन सुरु गरेका थिए । त्यहाँ उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि अनशनको २० औं दिन सरकारले हेलिकोप्टरमाफर्त काठमाडौँ ल्याएको थियो ।

दिउँसोको सहमतिमा चिकित्सा शिक्षा विधेयका विषयमा प्रष्ट कुरा नभएको भन्दै केसीले अस्वीकार गरेका थिए । पछिल्लो वार्तामा त्यसलाई पनि सम्बोधन गर्ने गरि ९ बुँदे सहमति भएको स्रोतले जनाएको छ ।