३ कार्तिक २०८३, मंगलबार

वार्ता टोलीको सहमति मानेनन् केसीले, आजै अर्काे वार्ता

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । सरकार र डा गोविन्द केसी पक्षबीच भएको समहतिलाई अनशनरत केसीले अस्वीकार गरेका छन् ।

आफ्नो मागको मुख्य विषयमा नै सहमति नभएको भन्दै उक्त विषयमा कुरा मिलेपछि मात्र आफूलाई मान्य हुने केसीले अडान लिएका छन् । डा केसीले सहमति गर्न नमानेपछि दुई पक्षबीच फेरि बालुवाटारमा वार्ता हुने भएको छ।

केसीले विधेयकमा उक्त कुरा राख्ने विषयमा सरकारले राजी भए मात्र सहमति हुने बताएका छन् । उनले सहमति नभएसम्म अनसन नतोड्ने पनि अडान लिएका छन् । केसीको रवैयाले सरकार आजित भएको छ ।

सिंहदरबामा दुई पक्षबीच भएको वार्तामा डा केसीका मागका अन्य विषयमा भने लगभग सहमति भइसकेको थियो । सहमति डा केसीबाट अनुमोदन गराउन उनी पक्षधरका वार्ता टोली सदस्यहरु शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए । यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए ।

कुरा नमिलेपछि डा केसी पक्षधर वार्ता टोली थप वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । आजै थप वार्ता गरी सहमति खोज्ने प्रयास जारी छ । आज नै सहमति गरेर केसीको अनशन तोडाउने तयारी छ ।