३ कार्तिक २०८३, मंगलबार

केसीको अनसन तोडाउन बालुवाटारमा वार्ता, प्रधानमन्त्रीले लिए अग्रसरता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । २७ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको अनशन तोडाउने विषयमा बालुवाटारमा वार्ता शुरु भएको छ । केसीका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउने विषयमा सहमति खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको हो ।

बुधबार अबेर राति प्रधानमन्त्री ओलीले डा. केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । केहीबेर वार्ता टोलीसँगको छलफलपछि उनले आफ्ना सहयोगीहरूलाई डा.केसीले उठाएका २२ वटै मागमा रातभरिमा विस्तृत छलफल गरेर बिहीबार बिहान त्यसको निचोड आफूसमक्ष पेश गर्न निर्देशन दिएका थिए ।

सहयोगीहरुले प्रधानमन्त्री ओलीलाई बिहीबार बिहान ‘ब्रिफिङ’ गरेपछि माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतसँग प्रधानमन्त्रीले बिहान थप छलफल गरेका थिए ।

प्रधानमन्त्रीले बिहान थप छलफल गरेपछि केसी अनसनको आजै सम्बोधन हुन सक्ने सम्भावना देखिएको ओलीको सचिवालयले जनाएको छ । शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी–सरकार वार्ता अवरूद्ध भएको थियो ।

जुम्लामा अनशन बसिरहेका केसीलाई सरकारले जीवन रक्षा गर्ने भन्दै केहीदिन अघि काठमाडौँ ल्याएको थियो । केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन् ।