३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्री रामबहादुर थापा ‘रिप्लेस’ गर्न यत्रो खेल !

18.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । गृहमन्त्री रामबहादुुर थापालाई ‘रिप्लेस’ गराउन चलखेल सुरु भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग सम्बन्ध खटपट हुन थालेका बादललाई गृहमन्त्रीबाट हटाउन उनीभन्दा ओहदामा बलिया नेता बामदेव गौतमलाई संसद हुँदै सरकारको उपप्रधानसहित गृहमन्त्री दिने तयारी भएको छ । मंसिरअघि नेकपाले यो प्रकृया पुरा गर्ने पहल थालेको छ ।

गएको प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेका बामदेवले निर्वाचन लडेरै संसद भवन छिर्ने बताएपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले डोल्पाका सांसद धनबहादुर बुढाको पद खोस्ने भएका हुन् ।

‘के बामदेव गौतम सांसद हुनका लागि नेकपामा तयारी सुरु भएको हो ?’, दैनिक नेपालले सोधेको प्रश्नमा उनका प्रेस सहयोगी विश्वमणी पोखरेलले घुमाउरो पारामा भने, ‘उहाँले खाली भएको ठाउँमा भन्दा पनि निर्वाचित भएरै आउने इच्छा नेतृत्वलाई देखाउनु भएको हो । नेतृत्वले त्यसै चाहेको भन्ने बुझिन्छ ।’

बुढा अहिले पर्यटन राज्यमन्त्री छन् । उनले सांसद पदबाट राजीनामा दिए मन्त्री पद पनि स्वतः जानेछ । सांसद बुढालाई राजीनामा गराएर डोल्पामा उपनिर्वाचन गराएर गौतमलाई निर्वाचित गराउने रणनीति नेकपाले तयार पारेको छ ।

‘खाली भएको ठाउँमा होइन, निर्वाचन लड्ने उहाँको इच्छा छ’, गौतमको पारिवारिक स्रोतले भन्यो, ‘अध्यक्षद्वयले गौतमको आवश्यकता परेको भन्नुभएपछि उहाँले पनि निर्वाचन लड्ने इच्छा देखाउनुभएको हो ।’

त्यसो त गौतमले पनि अध्यक्षद्वयले यस्तो आश्वासन दिएको बताइसकेका छन् । बुढाले राजीनामा दिनासाथ नेकपाले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई आह्वान गर्ने तयारी गरेको छ ।

गएको निर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए । बर्दिया १ बाट उम्मेदवार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवको पक्षमा ४४ हजार ७६ मत खसेको थियो ।

०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो ।

राप्रपा छाडेर तत्कालिन एमालेमा प्रवेश गरेका बुढालाई ५ बर्षमा नै कम्युनिस्ट पार्टीले हटाउन लागेको हो । ७० सालमा बुुढा तत्कालिन एमालेमा प्रवेश गरेका थिए ।

‘एकताको सुत्राधारमात्र नभएर देशको आर्थिक विकासको योजनाका लागि पनि उहाँलाई ल्याउन लागिएको हो’, स्रोतले भन्यो,‘उहाँ निर्वाचित भएर आएपछि विशेष जिम्मेबारी पाउनुहुनेछ ।’