३० आश्विन २०८३, शुक्रबार

गोविन्द केसीसँग प्रचण्डले टाउको काटेको प्रमाण छ ?

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-रामकुमार शाही

नेपाली समाजमा एउटा भनाई प्रचलित छ, –बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नू, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू !

पछिल्लो समय यही नियतिको शिकार भएका छन्, निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङ । स्वदेशका मेडिकल कलेजको शिक्षा सुधार्नुपर्छ, गुणस्तर बढाउनुपर्छ र मेडिकल कलेज खोल्न रोक्नु हुँदैन भन्ने आशयले बोलेको एउटा प्रसङ्गले गर्दा उनले चौतर्फी आलोचना मात्र खेप्नु परेन, पद मसेत गुमाउनु पर्‍यो । यद्यपी, उनको भनाईलाई प्रायोजित रुपमा प्रचार गरिएको भन्ने कुरामा कुनै शंका छैन । र, उनका पछाडि ठूलै तत्व हात धोएर लागेको थियो भन्ने कुरा पनि घामजतिकै छर्लङ् छ ।

उनले आफू गलत थिइनँ, आफ्नो आशय गलत थिएन भन्ने कुरालाई प्रमाणित गर्ने समय अझै बाँकी नै छ । एउटा सांसदको हैसियतमा उनले विधायकी भूमिका निभाउने सिंगो मैदान खाली नै छ ।

उनीभन्दा तुच्छ बोल्ने, बोल्नै नमिल्ने कुरा बोल्ने, विनाप्रमाण बोल्नेहरु अहिले पनि सत्ता, शक्ति र सडकमा छन् । खुलेयाम हिँडिरहेका छन् । यसको यो मतलव यो होइन कि अरुले पनि बोलेका छन्, शेबहादुर तामाङले बोल्दैमा के फरक पर्छ ? उनलाई छुट किन नदिने ? मन्त्रीजस्तो पदमा आसिन व्यक्तिले बोल्दा, विषय र सन्दर्भ जोड्न खोज्दा जुन कुरा ख्याल गर्नुपर्ने हो त्यो उनले गर्न सकेनन् । यो घोर आपत्तिजनक विषय हो । भलै, उनको नियत नराम्रो नहुँदा नहुँदै पनि नियतिको जाँतोमा पिसिए ।

यसले एकातिर नेपाली समाजमा प्रचलित आहानलाई चरितार्थ गरिदिएको छ भने अर्काेतिर नैतिकताको सवक पनि सिकाएको छ । मन्त्री तामाङले आफ्नो गल्ती महशुस गर्दै पदबाट राजीनामा दिए । तत्कालका लागि उनलाई यो भन्दा ठूलो सजाय अरु थिएन । नैतिकताभन्दा ठूलो हतियार सायदै नहोला । तर, उनले आफू गलत थिइनँ, आफ्नो आशय गलत थिएन भन्ने कुरालाई प्रमाणित गर्ने समय अझै बाँकी नै छ । एउटा सांसदको हैसियतमा उनले विधायकी भूमिका निभाउने सिंगो मैदान खाली नै छ । जहाँ उनले आफ्नो अशल नियतलाई स्थापित गराएर देखाउन सक्छन् । अहिलेलाई त्यो पाटोतिर नजाऔँ ।

मूलतः शेरबहादुर तामाङको राजीनामाका पछाडी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसी कुनै न कुनै रुपमा जोडिएका छन् नै । केसीको अनसन, बिएण्डसी मेडिकल कलेजका सञ्चालकको अभिव्यक्ति र त्यहि अभिव्यक्तिलाई उद्धरण गर्ने घानमा तामाङ पिसिए । उनले यो गल्ती गर्नु हुँदैनथ्यो । उनले सही बोले वा गलत त्यो भविष्यले देखाउला नै । तर, उनले गलत समयमा बोलेको भने पक्कै हो । यद्यपी, उनको आशय अनसनरत केसीको जस्तै नेपालमै गुणस्तरीय र प्रभावकारी मेडिकल शिक्षाको विकास हुनुपर्छ भन्नेतर्फ पो थियो कि !

‘सत्याग्रह’को आधारभूत अर्थ सत्यको सच्चाइ हो । जसले अन्यायको विरोध गर्दछ । सत्याग्रहीले जीवनकालमा जुनसुकै परिस्थितिमा पनि प्रतिद्वन्द्वीविरुद्ध क्रोध लिनु हुँदैन भन्ने विश्वव्यापी मान्यता छ । यस सिद्धान्तको अर्थ हो, ‘विरोधीलाई पीडित नगर्ने, तर हैरानी बढाएर सत्यको रक्षा गर्ने ।’

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. केसी आफ्नो १५ औँ अनसनमा छन् । ‘सत्याग्रह’ नामको उनको अनसन आज २७ औँ दिनमा छ । सरकारको पछिल्लो सक्रियतापछि उनको अनसन तोडिने केही सकारात्मक लक्षण पनि देखा पर्न थालेका छन् । प्रधानमन्त्री स्वयले यसमा चासो राखेका छन् । यसले चाँडो निकास पाओस्, केसीलाई स्वास्थ्यलाभको कामना छ । सरकार उनको जीवनरक्षामा गम्भीर बनोस् । जुम्लामा अनसन बसिरहेका उनलाई सरकारले २० औँ दिनमा काठमाडौँ ल्यायो । उनलाई काठमाडौँ ल्याउने क्रममा जुम्लाको स्थिति असामान्य बन्यो । प्रहरीमाथि कुर्सि, टेबुल बेञ्च प्रहार गरिए, जवाफी कारवाहीमा प्रहरीले बल प्रयोग गर्‍यो । स्थिती तनावपूर्ण नै बन्यो । सायद, स्थिती यस्तो नबनेको भए केसी काठमाडौँ आउँदैनथे कि !

‘सत्याग्रह’को आधारभूत अर्थ सत्यको सच्चाइ हो । जसले अन्यायको विरोध गर्दछ । सत्याग्रहीले जीवनकालमा जुनसुकै परिस्थितिमा पनि प्रतिद्वन्द्वीविरुद्ध क्रोध लिनु हुँदैन भन्ने विश्वव्यापी मान्यता छ । यस सिद्धान्तको अर्थ हो, ‘विरोधीलाई पीडित नगर्ने, तर हैरानी बढाएर सत्यको रक्षा गर्ने ।’ सिद्धान्ततः सत्याग्रह भनिसकेपछि त्यसका केही आधारभूत मान्यताहरु हुन्छन्। जसको न्यूनतम रुपमा पालना गर्नुपर्छ । होइन भने सत्याग्रह भनेर गरिने ‘चटक’लाई मान्न सकिन्न ।

यो पनि सत्य हो कि, केसीको सत्याग्रहमाथि राजनीति भएको छ । यो कुरा केसीले नबुझेका पनि होइनन् तर बुझ पचाएका हुन् । उनको अनसन अमुक व्यक्तिहरुको राजीनिति गर्ने हतियार बनेको छ । यदि, गोविन्द केसीभित्र सच्चाई छ भने किन आफ्नो अनसनमा राजनीतिक रंग नदेउ भन्न सक्दैनन् ? अस्पतालजस्तो अति संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गरेर अमानवीयता नदेखाउ भनेर किन भन्न सक्दैनन् उनका अनुयायी र समर्थकहरुलाई ? मानवताविरोधी यस्ता गतिविधिमा उनी किन चुप लागेका बसेका छन् ? हो यहिँनेर शंकाको सुविधान छ, कतै केसीको अनसन प्रायोजित त होइन ? समयले यसको पर्दा पनि उर्घाला कुनै दिन ।

डाक्टर केसीले स्वयंले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपराधी करार गरेका छन् । हत्यारा करार गरेका छन् । टाउको काटेर आएका मान्छे हुन् भनेका छन् । के एउटा सत्याग्रहीले बोल्ने भाषा यही हो ? एउटा डाक्टरले प्रयोग गर्ने भाषा यही हो ? के प्रचण्डले कसैको टाउको काटेर आएको प्रमाण गोविन्द केसीसँग छ ?

सत्याग्रह गर्न लागि उच्च नैतिकता, सशस्त्र युद्ध गर्न भन्दा धेरै साहास चाहिन्छ, जुन माहात्मा गान्धीमा थियो, मार्टिन लुथर किङ्गमा थियो । तर, जो कसैको सनकलाई सत्याग्रह मान्दिनुु पर्ने कुनै जरुरी छैन । सत्यको पक्षमा बोल्दा, सत्याग्रह गर्दा अराजक बन्नुपर्छ, तुच्छ भाषा प्रयोग गर्नुपर्छ भनेर दुनियाँमा कहिँ लेखेको छ ? केसीका समर्थकहरुले प्रदर्शन गरेको अराजकता के हेर्नलायक छ ? मनन् गर्न लायक छ ? वा उनीहरुलाई त्यो छुट छ ? यहाँ बुझ्न पर्नुपर्ने के जरुरी छ भने ढिपी, घृणा, सनक र निषेध मिलाएर सत्याग्रह बन्दैन त्यसको लागि सत्य, प्रेम र आग्रह चाहिन्छ । जुन केसी र उनका समर्थकहरुमा पटक्कै देखिदैन ।

जुम्लाबाट काठमाडौँ आउँदै गर्दा डाक्टर केसीले स्वयंले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपराधी करार गरेका छन् । हत्यारा करार गरेका छन् । टाउको काटेर आएका मान्छे हुन् भनेका छन् । के एउटा सत्याग्रहीले बोल्ने भाषा यही हो ? एउटा डाक्टरले प्रयोग गर्ने भाषा यही हो ? के प्रचण्डले कसैको टाउको काटेर आएको प्रमाण गोविन्द केसीसँग छ ? होइन भने विना प्रमाणका आधारमा कसैलाई अपराधी वा हत्यारा भन्ने छुट गोविन्द केसीलाई पनि छैन । विनाप्रमाण कसैमाथि लाञ्छानयुक्त भाषा प्रयोग गर्ने केसीसँग अझै नैतिकता बाँकी छ ? यदि बाँकी छ भने उनले तत्काल पदबा राजीनामा दिउन् ।

अरुलाई सत्य, निष्ठा र नैतिकता सिकाउनेहरु नै यसबाट चिप्लिन्छिन्, सत्य, नैतिकता र निष्ठाको पटक–पटक बलात्कार गरिरहन्छन् भने उनीहरुबाट समाजले के सिक्छ ? देशले के सिक्छ ?

कुरा यतिमा मात्र सीमित रहेन । केसीका समर्थकहरुमा पनि त्यो अराजकता देखियो । चाहे त्यो बोलीको होस्, चाहे व्यवहारको । यसको उदाहरणको रुपमा पूर्व प्रधानन्यायाधी सुशिला कार्कीको अभिव्यक्तिलाई लिन सकिन्छ । राज्यको सेवासुविधा उपयोग गरिरहेकी र प्रधानन्यायाधीजस्तो गरिमामय पदमा पुगिसकेकी सुशिला कार्कीलाई विखण्डकारी भाषा प्रयोग गर्ने छुट कसले दियो ? के उनीसँग अझैपनि नैतिकता बाँकी छ ? सत्य बाँकी छ ? के यसको मूल्य चुकाउन उनी तयार छिन् ? ढिलो चाँडो यसको जवाफ खोजिनुपर्छ ।

अरुलाई सत्य, निष्ठा र नैतिकता सिकाउनेहरु नै यसबाट चिप्लिन्छिन्, सत्य, नैतिकता र निष्ठाको पटक–पटक बलात्कार गरिरहन्छन् भने उनीहरुबाट समाजले के सिक्छ ? देशले के सिक्छ ? म जस्ता बबुराहरुले के सिक्ने ?

*यस्तो बोलेका थिए केसीले जुम्लाबाट काठमाडौँ आउँदै गर्दा

https://www.facebook.com/cyberheadline/videos/2011736852234872/