
-भरत प्रधान
लिस्बन, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुईदिवसीय भ्रमणका लागि पोर्चुगल पुग्नुभएको छ ।
पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा पोर्चुगलको औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार लिस्बन पुगेका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीलाई लिस्बन स्थित अन्र्तराष्ट्रिय विमानस्थलमा फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेबी लुईटेल, पोर्चुगलका लागि अबैतनिक बाणिज्यदूत मकर बहादुर हमाल, एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोबिन्द पौडेल लगायतले स्वागत गरे ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय उपसचिव जंग बहादुर नेपाली सहभागी छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार आफ्ना पोर्चुगीज समकक्षी अगष्टो सान्टोस सिल्भासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र पोर्चुगल बिचको परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता यो नै पहिलो पटक हुन लागेको हो ।
परराष्ट्रमन्त्री स्तरीय भेवबार्ताले दुई देशबीचको सम्बन्ध बिस्तारलाई थप नयाँ उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।
दुई दिने पोर्चुगल बसाइपछि मन्त्री ज्ञवाली बेल्जियम र लग्जेम्बर्गको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया