लण्डन, ८ साउन । फुटबल एसोसिएशन, डिएफबीले आर्सनलका मिडफिल्डर मेसुट ओजिलले लगाएको रेसिजमको आरोप अस्वीकार गरेको छ ।
डिएफबीले आफूले ओजिलमाथि रंगभेदी विभेद नगरी त्यस्तो हुनबाट जोगाएको बताएको छ ।
२९ वर्षका ओजिलले लामो वक्तव्य जारी गर्दै आफूमाथि रंगभेदी व्यवहार तथा अपमान भएको भन्दै जर्मनीको टिमबाट खेल्ने इच्छा नरहेको बताएका थिए ।
आफू र आफ्नो परिवारले घृणाले भरिएका इमेल, धम्कीपूर्ण टेलिफोन कल तथा सामाजिक सञ्जालमा त्यस्तै खालको कमेन्ट पाएको ओजिलले बताएका छन् ।
ओजिलले जारी गरेको वक्तव्यमा जर्मन फुटबल एसोसिएशन, डिएफबीबाट आफूले पाएको व्यवहारका कारण अब राष्ट्रिय टिमबाट खेल्ने इच्छा मरेको पनि उल्लेख गरेका थिए । जर्मनीले रुसमा भएको विश्वकप फुटबलमा गरेको खराब प्रदर्शनका लागि पनि आफूलाई दोषी ठह¥याइएको ओजिलले दाबी गरेका छ ।
रुस विश्वकपमा चार वर्षअघिको विश्व विजेता जर्मनी समूह चरणबाटै घर फर्किएको थियो । तर डिएफबीले भने आफ्नो तर्फबाट त्यस्तै कुनै गतिविधि नभएको दाबी गरेको छ । उसले राष्ट्रिय टिमबाट ओजिल बाहिरिनु पछुतोको कुरा रहेको पनि डिएफबीले उल्लेख गरेको छ । एजेन्सी















प्रतिक्रिया